ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हाल्दै डा. मुकुल ढकाल

बिहीबार, जेठ ११, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफू र पार्टी उपसभापति ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख रुपैयाँ मागेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले यस्ता मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन कि भनेर सार्वजनिक गरिएको दाबी दाबी गरेका छन् । ढकालले आगडि लेखेका छन्, ‘यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ ।’
त्यस्तै, यसले आफूहरुको मानहानी भएको भन्दै अदालतमा मानहानीको मुद्दा दर्ता गर्ने उनले जनाएका छन् । उनले भने, ‘आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’ ढकाल रास्कोट अस्पतालका निर्देशक पनि हुन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि ढाकाकुमारलाई रास्वपाले निलम्बन गरेको थियो ।  
श्रेष्ठले सांसद बनाउँदा आफूसँग पार्टीका प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् ।  सोही कारण उनीविरुद्ध अदालतमा मानहानिको मुद्दा हाल्ने प्रवक्ता ढकालले बताएका हुन्।  
‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ ।’

Mukul1684987272.JPG

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार