ललितपुर महानगर र युएनडीपीबीच समझदारीपत्रका हस्ताक्षर 

विद्युतीय सुशासन, नगर प्रहरीको क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने
मंगलबार, जेठ ९, २०८०

ललितपुर । ललितपुर महानगरले विभिन्न पाँचवटा क्षेत्रलाई थप सशक्त बनाउन युएनडीपीसँग सहकार्य गर्ने भएको छ ।सहकार्यका लागि ललितपुर महानगर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)बीच समझादारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र युएनडीपीकी आवासीय प्रतिनिधि आइस्यानी मेडाग्याङगोडा लाबेले हस्ताक्षर गरे । 
महिला उद्यमशीलता प्रबद्र्धन गर्न ५ वर्षे रणनीतिक योजना तयार गर्न, महानगरले सुरु गरेका र सुरु गर्ने वातावरणमैत्री प्रयासहरुलाई प्रबद्र्धन गर्न,  विद्युतीय सु्शासन कायम गर्न, ललितपुर महानगरको जेसी रणनीतिक योजना तयार गर्न, महानगरका नगरप्रहरीको क्षमता अभिवृद्धि गर्न युएनडिपीले महानगरसँग सहकार्य गर्न लागेको हो । विद्युतीय सुशासनअन्तर्गत नक्सापास, जन्मदर्तालगायतका विषयमा महानगरबाट पाउनुपर्ने सूचनालाई थप प्रभावकारी बनाउन ‘च्याट बट’मार्फत सूचना प्रवाह गरिनेछ ।  

348388329_955861165596073_563455258445281527_n1684849132.jpg
उक्त अवसरमा ललितपुर महानगरका प्रमुख महर्जनले युएनडीपीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले नगरप्रहरीले महत्वपूर्ण काम गरेको बताउँदै अब प्राप्त गर्ने तालिमबाट नगरप्रहरीको क्षमता थप बढ्ने बताए । 
युएनडिपीकी आइस्यानी मेडाग्याङगोडा लाबेले ललितपुर महानगरसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् । महानगरसँगको सहकार्यमा गरिने कार्यक्रमले महिलाको व्यक्तित्व विकास हुने उनले बताइन् । च्याट बटले नगरपालिकालाई उत्तरदायी बनाउने उनको धारण छ । च्याट बटबाट नक्सापास, जन्मदर्ता, विवाह दर्ता लगायतका विषयमा सूचना प्राप्त गर्न सकिन्छ । 

348388650_1220428351961566_3748796441207735928_n1684849131.jpg
कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, सूचना अधिकारी देब गुरागाइँलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार