बागमती प्रदेश सरकारमा थपिए ६ मन्त्री

आइतबार, जेठ ७, २०८०

हेटौंडा । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख शर्माले आज नै मन्त्रीहरु नियुक्त गरेका हुन् ।
आज शपथ लिनेहरुमा नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठ (कृषि तथा पशुपक्षी) र लक्ष्मण लम्साल (श्रम, रोजगार तथा यातायात) नेपाली कांग्रेसका पुकार महर्जन (पर्यटन, उद्योग तथा सहकारी), मसिना खड्का (वन तथा वातावरण), उत्तम जोशी (स्वास्थ्य) र रामकृष्ण चित्रकार(विनाविभागीय मन्त्री) बनेका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भइसकेका थिए । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका थिए ।

 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार