बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित

शनिबार, जेठ ६, २०८०

काठमाडौँ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरूले प्राविधिक मर्मत गरिएको थियो । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच गरिएको थियो ।
जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले प्राविधिक परीक्षणपछि जहाज सञ्चालनमा आउने जनाए । जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौँ ल्याइसकिएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार