‘फजुल’ खर्च रोकेर मितव्ययी बन्दै गोदावरी नगर

भ्रमणका लागि बजेट विनियोजन नगर्ने निर्णय
शुक्रबार, जेठ ५, २०८०

ललितपुर । गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भ्रमण लगायतका क्षेत्रमा बजेट विनियोजन नगर्ने भएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा शुक्रबार बसेको बजेट तयारी सम्बन्धी बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख महर्जनले भने, ‘नगरवासीको अत्यावश्यक आवश्यकताका क्षेत्र मात्रै यो आर्थिक वर्षमा प्राथमिकतामा पर्छन्, जुन शीर्षकमा खर्च नगर्दा पनि हुन्छ, त्यसलाई यो पटक बजेट छुट्याउँदैनौ ।’ उनले ती विभिन्न शीर्षक अन्तर्गत भ्रमण एक भएको स्पष्ट पारे । नगर प्रमुख महर्जनले ‘फजुल’ जस्ता लाग्ने अन्य क्षेत्र र विषयका बारेमा छलफल भइरहेको जानकारी दिए ।

339227862_909163030352087_7666420220964136285_n1684507683.jpg
मुलुकमा देखिएको आर्थिक संकटलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको नगरप्रमुख महर्जनले बताए । नगर प्रवक्ता मिलन सिल्वालले अघिल्ला आर्थिक वर्षहरुको जस्तो अबको आर्थिक वर्षमा बजेट व्यवस्थापन सहज नहुने बताउँदै खर्च नगरे पनि हुने शीर्षकमा अबको आर्थिक वर्षमा  बजेट विनियोजन नगर्ने जानकारी दिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, खानेपानीको व्यवस्थापनलाई प्राथमिकतामा राखिने उनले बताए । नगरपालिका बजेट व्यवस्थापन गर्न फजुल खर्चलाई रोकेर मितव्ययी बन्न लागेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार