नयाँ भवनबाट गोदावरी ६ का बासिन्दाले पाउने भए स्वास्थ्य सेवा

बिहीबार, जेठ ४, २०८०

ललितपुर । गोदावरी नगरपालिका वडा नंं.६ का वाडावासीले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट स्वास्थ्य सेव लिन पाउने भएका छन् । तीन वर्षमा निर्माण सम्पन्न भएको उक्त भवनको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरे । अपाङगतामैत्री यो भवनबाट वडावासीले चिकित्सकीय सेवा समेत प्राप्त गर्छन्  । भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बताए ।

WhatsApp Image 2023-05-18 at 19.51.391684419751.jpegप्रत्येक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवाको व्यवस्थाले वडा तहसम्म स्वास्थ्य सेवा पुगेको उनले दाबी गरे । नगर प्रमुख महर्जनले स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसार जनशक्ति व्यवस्थापन गर्दै लगिने प्रष्ट पारे । कोभिडको समयमा पनि गोदावरी नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको उनले स्मरण गरे । वडातहसम्म चिकित्सकको व्यवस्था हुँदा नगरवासी स्वस्थ हुने दाबी गर्दै उनले भने, ‘दैलोमै डाक्टर हुँदा, बिसन्चो हुने बित्तिकै डाक्टरकोमा पुग्दा ठूला स्वास्थ्य समस्याबाट नगरवासीलाई जोगाउन सकिन्छ ।’
गोदावरी नगरपालिकाको विकट क्षेत्र जस्तै लाग्ने वडा नं. ६ मा अहिले खानेपानीलगायतका समस्या समाधान हुँदै गएको उनको भनाई थियो ।  

345143066_214655134689684_8539049226945277904_n1684419754.jpg
वडा नं ६ का वडा अध्यक्ष विष्णुमान महर्जनले स्वास्थ्य सेवा लिन अब वडावासीलाई सजिलो हुने बताए । उनले भने, ‘दुई कोठामा स्वास्थ्य केन्द्र सञ्चालन गर्न सकस भएको थियो, अब सजिलो हुन्छ ।’ भवन निर्माण गर्न सहयोग गर्नु हुने सबैलाई उनले धन्यवाद दिएका छन् ।  नगर प्रमुख महर्जनले ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला, वडा नंं ७ का वडा अध्यक्ष मथुराप्रसाद शर्मा, वडा नं.९ का अध्यक्ष आत्मराम थापा, वडा नंं.१० का वडा अध्यक्ष शेखर न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2023-05-18 at 19.55.531684419751.jpeg

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार