गोदावरी नगर स्काउटद्धारा निःशुल्क स्काउट पोसाक वितरण

नगरप्रमुख भन्छन् , ‘गोदावरीभित्रका सबै विद्यालयमा स्काउट शिक्षा अनिवार्य गर्छौ ’
शुक्रबार, वैशाख २९, २०८०

ललितपुर । स्थानीय स्काउट कार्यालय गोदावरीले नगरपालिका भित्रका तीनवटा सामुदायिक विद्यालयका एक सय ७० जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरेको छ । स्काउट पोशाक पाउनेमा बुद्ध माध्यमिक विद्यालय, वाणीविलास माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी छन् ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख एवम् गोदावरी स्काउटका संरक्षक गजेन्द्र महर्जन, नगरपालिका उपप्रमुख एवम् प्रमुख स्काउट मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइराला र नगरपालिकाका शिक्षा शाखाका प्रमुख एवम् नगर स्काउटका सदस्यसचिव दिनानाथ पन्थीले पोसाक हस्तान्तरण गरेका थिए ।

346096666_547555487552638_1804892234664642352_n1683892536.jpg
नगर प्रमुख गजेन्द्र मर्हजनले  शारीरिक, मानसिक र बौद्धिक विकाससहित व्यक्तिलाई अनुशासित र स्वाबलम्बी बनाउन स्काउटको भूमिका महत्वपूर्ण भएको बताए । नगरपालिका भित्रका सबै विद्यालयमा स्काउट शिक्षा पुर्‍याउने बताउँदै उनले स्काउट शिक्षा अनिवार्य रहेको प्रष्ट पारे ।
उपप्रमुुख एवम् नगर स्काउटका प्रमुख स्काउट मुना अधिकारीले सामाजिक सेवामा स्काउट सधैँ दत्तचित भएर अघि बढ्ने बताउँदै विद्यार्थीलाई निस्वार्थ भावले अघि बढ्न आग्रह गरिन् ।

शिक्षा शाखा प्रमुख एवम् गोदावरी नगर स्काउटका सदस्यसचिव दिनानाथ पन्थीले बालबालिकाले सानै उमेरदेखि सामाजिक सेवाभावप्रति आर्कशित गराउन, शान्ति, सुशासन, मेलमिलापका बारेमा बुझाउन स्काउटले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

346101198_160739706929115_1411982324596604102_n1683892544.jpg

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेले गोदावरी नगरपालिकाले स्काउट शिक्षालाई प्राथमिकता दिएको बताउँदै नगर स्काउटको विकासका लागि सधै राष्ट्रिय प्रधान कार्यलय साथमा रहेको बताए ।

पोसाक वितरण कार्यक्रममा गोदावरी नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोईराला, गोदावरी नगर स्काउटका संयोजक दिपक अर्याल, गोदावरी नगर कमिटी सदस्य राजेन्द्रध्वज कार्की, प्रतिका सिलवाल, नरेश मर्हजन, नगर स्काउटका प्रमुख सल्लाहकार जगदिश्वर श्रेष्ठ, वाणी विलास माविका प्रधानाध्यापक प्रवीण प्रकाश श्रेष्ठ, बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक  प्रेमपति जोशीलगायतको उपस्थिति थियो ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार