नक्कली शरणार्थी प्रकरणपछि सरकारले रोक्यो आईजीपीको अमेरिका भ्रमण

मंगलबार, वैशाख २६, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणपछि सरकारले प्रहरी महानिरीक्षक वसन्त कुँवरको अमेरिका भ्रमण रोेकेको छ। अमेरिकामा आयोजना हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आईजीपी कुँवर सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो ।
तर, नक्कली भुटानी शरणार्थीका नाममा नेपाली ठगि प्रकरणपछि सरकारले उनको भ्रमण अस्वीकृत गरेको हो ।
उक्त कार्यक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख एआइजी किरण बज्रचार्यलाई पठाइएको छ । बज्रचार्य नेतृत्वको ५ सदस्यीय टोलीमा एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी चन्द्र बहादुर धामी र एसपी सन्तोष खड्का अमेरिका प्रस्थान गरेका छन् ।
वैशाख २७ देखि २९ सम्म अमेरिकाको वासिङटन डिसि र न्युयोर्कमा सञ्चालन हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौति र आतंतवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तिय अपराध अनुसन्धान तथा नियन्त्रण लगायत विषयमा छलफल हुनेछ।
नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा पूर्व गृहमन्त्रीदेखि पूर्व गृहसचिवसम्म तानिएका छन् । १० दिनभित्रमा अनुसन्धान टुंग्याउनुपर्ने भएकाले आईजीपीले देश छाड्न नपाएका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार