पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग पनि बयान

नक्कली भुटानी शरणार्थी प्रकरण
मंगलबार, वैशाख २६, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसँग प्रहरीले बयान लिएको छ । सोमबार साँझ उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको छ । काठमाडौं प्रहरी परिसरमा बोलाएर खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको छ ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘घटनाको विषयमा आवश्यक सोधपुछ भयो, चाहेको बेला उपस्थिति हुने गरी कागज गराइएको छ ।’
नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को हाइ प्रोफाइल व्यक्ति तानिन थालेपछि राजनीतिक दबाबमा परी अनुसन्धान कार्य प्रभावित भएको आलोचना भइरहेको छ ।
चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान नै ‘होल्ड’ गरिएको थियो । अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए । बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो ।
शेरबहादुर देउवापत्नि आरजु राणालाईलाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडियो पक्राउ परेकाले प्रहरीलाई दिएका छन् । यो अडिओबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार