मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

सोमबार, वैशाख २५, २०८०

काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र  गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुने गर्दछ ।  

 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार