उडिरहेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा फर्काइयो

सोमबार, वैशाख २५, २०८०

काठमाडौं । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।
उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो ।
अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौं उडेको थियो । उडान भरेको केही समयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमान चालक (पाइलट) ले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए ।
उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको–एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको छ । 
उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौँ उडेको थियो । उडानभरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमानचालक (पाइलट) ले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार