बालकृष्ण खाँणको प्रष्टिकरण, "नक्कली शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन"

"व्यक्तिगत चरित्रहत्या भयाे, यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ"
शनिबार, वैशाख २३, २०८०

काठमाडौँ । नक्कली शरणाार्थी ठगी प्रकरणमा आफ्नो पनि नाम जोडेर समाचार आउन थालेपछि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे खाँण गृहमन्त्री भएका बेला गृहसचिव थिए ।
सोही कारण कतिपयले तत्कालीन गृहमन्त्री खाँण पनि यसमा मुछिने दाबी गरिरहेका छन् ।  
तर पूर्वगृहमन्त्री खाँणले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ।’
उक्त प्रकरणमा केही दिनअघि नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने टोपबहादुरलाई पनि पक्राउ गर्न प्रहरीले खोजिरहेको छ । यस्तै तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरू हाल फरार छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार