एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सभामुख देवराज घिमिरेले आज एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरी प्रधान कार्यालयको पत्र तथा प्रतिनिधिसभा नियमावली बमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् ।
कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरले दोषी ठहर भएका कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको थिए । महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रका आधारमा कोइरीलाई आज सभामुखले निलम्बन गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार