झापामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयास

अभद्र व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गर्‍यो
बिहीबार, वैशाख १४, २०८०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा  ढुङ्गामुढा प्रहार भएको छ । झापाको बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा अध्यक्ष ओलीमाथि कोशी प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीले आक्रमणको प्रयास गरेका थिए । आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न नसकेको प्रदेश १ ले गत मंसिरमा भएको निर्वाचनपछि गठन भएको एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेश नामाकरण गरेको  थियो । प्रदेश नामाकरणको विषयलाई लिएर यहाँ पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा पदम लिम्बुको निधन भएको छ । विराटनगरसहित प्रदेशका जिल्लाहरुमा पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेमध्ये एक जनालाई पक्राउ गरिएको जनाउँदै बाँकीको खोजी भइरहेको बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार