सामाजिक सञ्जालमा "सुसाईट नोट" लेखेर सहकारीका अध्यक्ष सम्पर्क विहीन

बुधबार, वैशाख १३, २०८०

ललितपुर । ललितपुर सातदोबाटो १५ मा रहेको नयन बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सामाजिक सञ्जालमा सुसाईट नोट लेखेर सम्पर्क विहीन भएका छन् । सामाजिक सञ्जालमा मंगलबार दाहालले सहकारीमा संमस्या आँउदा अन्य सञ्चालकहरुले असहयोग गरेको, कर्जाको भारले थेगीनक्सनु भएको र यो अवस्था सिर्जना गर्नेहरुको फोटो र नाम नै उल्लेख गरेका छन् ।
दाहालको स्टाट्समा पैसा तिर्नुपर्न ब्यक्ति र रकम समेत उल्लेख छ । दाहाल यसअघि पनि मंसिर ५ गते भक्तपुर जान्छु भन्दै सम्पर्क विहीन भएका थिए । पछिल्ले समय राम्रा सहकारी सस्थाहरु पनि बचतकर्तालाई बचत फिर्ता गर्न नसकेर थला परेका छन् ।

ke1682460523.jpg

ke 11682460494.jpg

ति संस्थाहरुलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा समेत राखेको छ । ठूला भनिएका सहकारी सिभिल सहकारी, देउराली बहुउदेश्यीय, श्री लालीगुराँस, सुमेरु सहकारी, गतिशिल सहकारी, कान्तिपुर सहकारी, ओरेन्टीयल सहकारी गौतमश्री बहुउदेश्यीय सहकारी संस्था टाट पल्टिएका छन् । यी सबै सहकारी संस्थामा सञ्चालकले रकम प्रयोग गरेर तिर्न नसक्दा समस्यामा आएका हुन् ।
दुई पानाको सुसाइट नोट लेखेर दाहाल सम्पर्क विहीन भएका हुन् । उनले आफूले रुपमा दिनुपर्ने रकम समेत स्टाटसमा उल्लेख गरेका छन् ।
सहकारीले बज्र फाउण्डेशनलाई ठूलो रकम विनाधितो ऋण दिएको उल्लेख गर्दै उक्त ऋण उठ्न नसक्दा सहकारीमा समस्या आएको दाहालको स्टाटसमा उल्लेख छ । यो सहकारीले बिनाधितो धेरै रकम ऋण लगानी गरेको बताइन्छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  ०३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार