स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज, सबै सम्पत्ति सरकारको नियन्त्रणमा

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ । स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ। सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको हो ।  प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले प्राधिकरणले बनाएको सञ्चालक समिति मार्फत स्मार्ट टेलिकम सञ्चालन हुने बताएका छन् । 
‘सम्पत्ति व्यवस्थापन नियमावली अनुसार लाइसेन्स खारेज भई स्वतः प्राधिकरण माताहतमा आएको छ,’ उनले भने, ‘गोकर्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठन समितिले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन गर्छ।’
स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो । लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण गरेन ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार