उपनिर्वाचनमा सेना परिचान गर्न राष्ट्रपतिको स्वीकृती

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने यस्तो स्वीकृत दिएको उल्लेख छ ।

army1681655262.jpg
सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९-१२-२८ को सिफारिसमा मन्त्रिपरिषद्को मिति २०७९-१२-२८ को निर्णय तथा प्रधानमन्त्रीको मिति २०७९-१२-३० को पत्रको आधारमा सम्वत् २०८० साल वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ” विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार