पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

शुक्रबार, पुस २०, २०८०

ललितपुर । सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । ललितपुरमा शुक्रबार आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन् । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा उप–सभामुख चापागाई, नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव, डेरी एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडियालगाएतले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार