मधेशी आयोगका अध्यक्ष डा.दत्त भारत भ्रमणमा 

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त नेपाल भारत मैत्री सम्मेलनमा विशिष्ट अतिथिको रुपमाभाग लिन आज दिउसो नेपाल वायुसेवाको विमान द्वारा भारत गएका छन् । सम्मलेनको आयोजक संस्था नेपाल–भारत मैत्री संगठनको निमन्त्रणामा आयोगका अध्यक्ष डा.दत्त नेपालको प्रतिनिधित्व गर्दै सम्मेलनमा भाग लिन भारत गएका हुन् ।  भारतको उत्तरप्रदेश राज्यको वृन्दावनमा जनवरी ६ देखि ८ सम्म आयोजना हुने सो सम्मेलनमा दुवै देशका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता हुने बताइएको छ । सो सम्मेलनले आफ्नो सहभागिताले दुवै देशको सम्बन्धमा अझ सुधार आउने अध्यक्ष डा.दत्तले बताएका छन् ।
अध्यक्ष डा.दत्त पुस २४ गते नेपाल फर्किने छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार