राष्ट्रिय सभा निर्वाचनका निर्वाचन अधिकृतहरु परिवर्तन

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरु परिवर्तन गरेको छ । जिल्ला अदालतका केही न्यायाधीशहरु उच्च अदालतमा नियुक्त भएपछि आयोगले अधिकृतहरु परिवर्तन गरेको हो । जस अनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्थी नियुक्त गरिएको आयोगका सह सचिव एवम प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।
यसअघि कोशी प्रदेशमा दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशमा नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशमा केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशमा कृपासुर कार्की, कर्णाली प्रदेशमा विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त भएका थिए । तर न्याय परिषद्को पुस १८ गतेको निर्णयबाट उनीहरु उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएपछि अधिकृत परिवर्तन गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
जगेडा सूचीमा रहेका जिल्ला न्यायाधीशहरुलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको पौडेलले विहीबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार