एस जयशंकरले भने, ‘नेपालको संभावनाप्रति भारत जानकार छ’

बिहीबार, पुस १९, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।  विदेशमन्त्री एस जयशंकरले बिहीबार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान काठमाडौंको त्रिभुवन विमानस्थलमा १० बजे आइपुगेका थिए । 
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तनका कारण परेको असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम  गर्न जरुरी रहेकोमा जोड दिएका थिए । 
पौडेलले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालको प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि जयशंकरसँग आग्रह पनि गरेका छन् ।
विदेशमन्त्री जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार