मेरो गीत यो.............

आइतबार, पुस १५, २०८०

मेरो गीत यो तिम्रै लागि हो

मेरो माया यो अटुट बन्धन हो  

 

इतिहासमा मेरो बोली सधैँ अमर रहोस्

मेरो लागि सधैँ तिम्रो साथ रहिरहोस्

यता उता घुम्दै छु म कहीँ शान्ति पाउँछु कि

शान्तिको बाटोमा हिँड्न सबैलाई सिकाऊ कि

 

हिँड्दै छु केही तल खोला सम्म पुग्नु छ

प्यास मेट्न मैले एक अञ्जलि पानी पिउनु छ

सबैलाई खुसी बनाउन खोजेको छु

केही कुरा सुन्छौ कि आशा मनमा गर्छु

 

सागरको सुन्दरता पनि हेरिरहेको छु

मनको गहिराई बाट केहि गर्न खोजेको छु

खोजी हेर्दा मायाको मुहान पाउँछौ कि

शान्त सँग सास फेरि बाच्न पाउँछु कि

 

मैले गीत गाउन सक्छु कि जस्तो लाग्छ

हिँड्दै छु केही तल खोला सम्म पुग्नु छ   

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार