काठमाडौं महानगरपालिकाले पठायो भूकम्प पीडितलाई राहत

सोमबार, कात्तिक २०, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री पठाएको छ । आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो ।

Photo (4)1699273738.jpeg

भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरिङ तथा प्राविधिक लगायत थप सहयोग चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ । डेढ सय जनाभन्दा बढीको ज्यान गएको छ भने सयौं संरचनाहरु ध्वस्त भएका छन् । भूकम्पबाट प्रभावित बनेकाहरुका लागि विभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।

Photo (3)(1)1699273709.jpeg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार