प्रविधिमैत्री एवम् अपाङ्गता मैत्री २४ नं वडाको नयाँ वडा कार्यालय भवनबाट छिट्टै सेवा, नयाँ भवनमा रुद्री पूजा सम्पन्न 

आइतबार, कात्तिक १९, २०८०

धापाखेल (ललितपुर) । धापाखेल तीनकुने पोखरीस्थित भवन मर्मत सम्भार एवम् पुनर्निर्माण गरी ललितपुर महानगरपालिका २४ नं. वडाको वडा कार्यालय भवन बनाइएको छ। यसअघि बनेको एक तले भवनमा तला थप गरी वडा कार्यालय भवन निर्माण गरिएको हो । 

386818956_814564380417910_558284986501024640_n1699192927.jpg
उक्त भवनमा ४०–५० जना अट्न सक्ने बैठक कक्ष तथा करिब एक सय जनासम्म बस्न मिल्ने सुविधा सम्पन्न सभा हल पनि बनाइएको छ । पहिलो तलमा बैठक कक्षा तथा दोस्रो तलमा सभा हल निर्माण गरिएको छ । 

883d59c3-c04e-4d7e-9616-85aa9bc8d1581699192105.jpg
नयाँ भवनमा पाँचैजना निर्वाचित जनप्रतिनिधिका लागि कार्यकक्ष बनाइएको छ । राजश्व संकलन काउण्टरसहित कर्मचारीका लागि छुट्टाछुट्टै चेम्बर, प्राविधिक÷इन्जिनियरहरूका लागि छुट्टै कार्यकक्ष पनि बनाइएको छ । 
अहिले वडा कार्यालय रहेको भवन जनप्रतिनिधि तथा कर्मचारीका लागि साँघुरो हुनुका साथै अपाङ्गता मैत्री नभएकाले तत्कालका लागि तीनकुने पोखरीस्थित नवनिर्मित भवनबाट वडा कार्यालयको सेवा दिने गरी भवन निर्माण सम्पन्न भएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । अब छिट्टै सोही भवनबाट वडावासीलाई सेवा दिइने पनि उहाँले बताउनुभयो । 

9109813e-3225-428d-a531-9b8f4c27a2221699192098.jpg
वडावासीलाई सहज सेवा दिनका लागि निर्माण गरिएको नयाँ भवन शुद्धिका लागि आइतबार वडा कार्यालयले रुद्री पूजा गरेको छ । 
भवन चीरस्थायी, लाभदायी अनि ऐश्वर्य प्रदायक होस् भन्नका लागि तथा भवनमा आउने नकारात्मक तरंग निवारणका लागि रुद्री पूजा विधि सम्मत गरिएको वडासदस्य उद्धव बस्नेतले जानकारी दिनुभयो । 

385531086_2043166039379548_719607145441727128_n1699192922.jpg
रुद्री पूजाको नेतृत्व वडासदस्य बस्नेतले नै गर्नु भएको थियो । वडाअध्यक्ष दिनेशजग पाण्डे, वडा सदस्यहरू इन्द्र श्रीश, हरिकृष्ण महर्जन, निशा मालबुलले पनि पूजा कार्यक्रममा सक्रियता पूर्वक सहभागी हुनु भएको थियो । वडा कार्यालयका कर्मचारी, केही स्थानीयवासीको सहभागितामा रुद्री पूजा गरिएको हो । 

367371997_2728047100668873_6205647823450031772_n1699192920.jpg

Rudri ne1699192914.jpg

377152195_845599217360888_7880202513638471960_n1699192926.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार