पचास वर्ष पुरानो अहमदावादको डम्पिङ साइट हेर्न पुगे चिरीबाबु 

आइतबार, कात्तिक १९, २०८०

अहमदाबाद (भारत ) । भारत भ्रमणमा रहेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले भारतको अहमदाबादमा रहेको पिराना डम्पिङ साइटको अवलोकन गरेका छन् ।  फोहोर व्यवस्थापनमा दिल्लीमा जस्तै अहमदावादमा पनि फोहोर व्यवस्थापन उदाहरणीय भएको उनले बताए ।

368511508_1062829835141718_3630476803792175900_n1699189086.jpgउनले भने , ‘ हामीले धेरै सिक्न सक्छौं ,फोहार व्यवस्थापनमा धेरै काम भएको छ यहाँ, यो हाम्रो लागि अनुकरणीय छ  ।’ पिराना डम्पिङ साइट ५० वर्ष पुरानो डम्पिङ साइट हो । यो साइटमा रहेको फोहोरलाई फिल्टर गरी छुट्याइएको सडक निर्माणका लागि कच्चा पदार्थको रुपमा प्रयोग भइरहेको छ ।

377227781_1062788911518381_6812321156109418778_n1699189071.jpgसिमेन्ट फ्याक्ट्रीको लागि प्लाष्टिक जन्य कच्चा पदार्थ प्रयोग भइरहेको पिराना डम्पिङ साइटका प्रतिनिधिले बताएका छन् । ८४ याक्टर ९लगभग ६ सय रोपनी० मध्ये  ३५ याक्टरमा डम्पिङ भएको फोहोरको व्यवस्थापन भएको छ । डम्पिङ साइटका प्रतिनिधिले भने,‘ अब दुई वर्षभित्र यो डम्पिड साइट खाली हुन्छ ।’ डम्पिड साइट खाली भएपछि यो ठाउँमा विरुवा रोपी अर्बान फरेस्टको रुपमा विकास गर्ने योजना रहेको छ । 

376572443_647351974262072_5974489510583652049_n (1)1699189041.jpg
भारत सरकारको निमन्त्रणामा फोहोरमैला व्यवस्थापन, हरियाली प्रबद्र्धन, स्मार्ट सिटीका अन्य अवयवहरुका बारेमा भारतको विभिन्न सहरहरुको असल अभ्यास बुझ्न ललितपुर महानगरपालिका वडा नंं.१४ का वडाअध्यक्ष अमृत जंग महत र पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठसहित भारत आएका हुन् ।

375693911_1034289447690788_8071611538365357322_n1699189013.jpg

368666543_6926978883991710_4178016502527320528_n1699189013.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार