सदनको बर्षे अधिवेशन अन्त्य

बिहीबार, कात्तिक १६, २०८०

काठमाडौं । संघीय संसदको बर्षे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदका दुबै सदनको चालु अधिवेशन आज राती १२ः०० बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानकारी दिएका हुन् ।

गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेटसंग सम्बन्धित लगायतका अन्य केही विधेयकहरुलाई पारित गरेर अन्त्य हुन लागेको हो ।

सरकारले गत असोज मसान्तमै बर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसदको संयुक्त बैठकलाई संवोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार