४१ सन्तानका धनी, समाजसेवी उदयकुमार पियाको ९५ औं जन्मोत्सवमा जे देखियो... (फोटो फिचर)

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं ।समाजसेवी उदयकुमार पिया, ९५ वर्ष । तनहुँको पुरानो सदरमुकाम बन्दीपुर बजारमा वि.सं. १९८५ साल घटस्थापनको एकदिन अघि जन्मिएका हुन् । बुबा त्रिभु नारायण र आमा दिलकुमारीको कोखबाट जन्मेका ५ दाजुभाई र दुई दिदीवहिनीमध्येका ठूलोकान्छा यानी ठाइँलो छोरा । 

piya 11698586764.jpg
१७ वर्षको उमेरमा चमेलीदेवीसँग लगनगाँठो कसेका ९५ वर्षीय उदयकुमारका २ छोरा र ६ छोरी छन् । जेठो छोरा डा.मदनकुमार, कान्छो छोरा इन्जिनियर सुनिलकुमार पिया । ६ छोरीहरू तारा प्रधान, मिनु प्रधान, लक्ष्मी जोशी, कल्पना श्रेष्ठ, डा.अनारकली श्रेष्ठ र डा.सपना मल्ल हुन् । ६ मध्ये ५ जना ज्वाँई जीवित छन् । 
छोरा र छोरीतर्फका गरी १७ जना नाति नातिनी र १४ जना पनाति पनातिनी छन् । नाति नातिनी धेरै जसो उच्च शिक्षाको सिलसिलामा विदेशमा छन् । अहिले उदयकुमार छोराबुहारी, छोरीज्वाई, नातिनातिनी र पनाति पनातिनी गरी ४१ जना सन्तानको जीवित जेठा धनी अभिभावक हुन् ।

21698586803.jpg
उदयकुमारकी धर्मपत्नी चमेलीदेवीको निधन भएको २२ वर्ष भयो । त्यो बेलादेखि उनी अधिकांश समय नारायणगढको घरमा सक्रियरुपमा एक्लै बस्दै आएका छन् । कोभिडपछि स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि उनी जेठा छोरा, वरिष्ठ छातीरोग तथा क्यान्सररोग विशेषज्ञ डा.मदनकुमार पियासँग ललितपुरमा बस्दै आएका छन् । 
समाजसेवी पिया विद्यालयमा औपचारिक शिक्षा नलिएता पनि घरमै किताव पढेर होमियोप्याथी उपचार विधि सिकी बन्दीपुरवासीलाई उपचार गर्दै आएका थिए । ‘उहाँ ज्योतिषले जस्तै चिना पनि हेर्नुहुन्थ्यो र उहाँले भनेको कुरा धेरै मिल्थ्यो पनि’, उनका जेठा छोरा डा.पियाले भने । बन्दीपुरमा व्यापार गर्दै आएका पिया परिवारका सन्तान उदयकुमारले आफ्नो व्यापार व्यवसाय गर्ने सिलसिलामा नारायणगढ, चितवन, माडी, ठोरीदेखि भारतको नरकटियागञ्जमा समेत व्यवसाय र सम्पत्ति विस्तार गरेका छन् । 

piya 21698586762.jpg
हिउँदभरी नारायणगढ, चितवनमा मौसमी व्यापार गरी वर्षाताका बन्दीपुर फर्किने गरेका उनले २०१४ सालदेखि चितवनलाई स्थायी व्यापारिक केन्द्र बनाएका छन् । २०२२÷०२३ ताका तनहुँको पुरानो सदरमुकामलाई बन्दीपुरबाट दमौलीमा सारेपछि बन्दीपुर सुनसान हुन पुग्यो । त्यसपछि बन्दीपुरको सम्पत्तिलाई त्यँहि थाँती राखेर उदयकुमारको परिवार स्थायीरुपमा नारायणगढ बसाई स¥यो । 
विद्यालय शिक्षा नलिए पनि चितवनदेखि बन्दीपुरका विभिन्न सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्दै आएका उदयकुमार आफ्नो जीवनकालमा चितवनमा विभिन्न विद्यालय स्थापना र विस्तार गर्न सहयोग गर्दै आएका छन् । विद्यालयमा खानेपानी टयांकी, धारा, शौचालय, पुस्तकालय बनाउन उनको योगदान महत्वपूर्ण रहेको छ । 

31698586762.jpg
उनले भरतपुर लंकुमा ६ कठ्ठाजग्गा दिएर आफ्नी श्रीमतीको नाउँमा चमेलीदेवी पिया मावि स्थापना गरेको धेरै भइसक्यो । यसको साथै पछिल्लो समय नारायणगढको न्युरोडमा आफ्नै जग्गामा उदयकुमार—चमेलीदेवी पिया स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र निर्माणको क्रममा छन् । 
तिनै समाजसेवी उदयकुमार पियाको ९५ औं जन्मोत्सव शनिबार उनको परिवारले सानेपास्थित हेरिटेज गार्डेनमा भव्यरुपमा मनायो । आफ्ना सबै सन्तान, आफन्त र शुभचिन्तकका साथ मनाइएको सो समारोहमा नेपाली कांग्रेसका उपसभिापति एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वमन्त्री शंकर कोइराला, जनपद प्रहरीका पूर्व महानिरीक्षक प्रकाशराज अर्याल, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक पुष्पराम केसी, नेपाली सेनाका वहालवाला र पूर्व रथीहरु, सांसद, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, शिक्षासेवी, समाजसेवीको बाक्लो उपस्थिति थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार