मोटर साइकल मोडिफाई गरी चलाउँदा वातावरणीय एवम् ध्वनी प्रदूषण भयो : गोकर्णेश्वर नगरपालिका 

सडकमा सवारी साधान धोए तथा मोविल पोखेर मर्मत गरे कारवाही गर्ने चेतावनी 
आइतबार, कात्तिक १२, २०८०

जोरपाटी (काठमाडौं) । गोकर्णेश्वर नगरपालिकाले मोटर साइकलको साइलेन्सरलगायत मोडिफाई गरी सवारी नचलाउन नगरवासीमा अनुरोध गरेको छ । 
नगर प्रमुख दिपककुमार रिसालले आज (आइतबार) एक सूचना जारी गर्दै मोटर साइकलको साइलेन्सरलगायत मोडिफाई गरी चलाएका कारणले वातावरणीय एवम् ध्वनी प्रदूषण भएको पाइएकोले मोटर साइकलको रुप  मोडिफाई नगर्न नगरवासीसँग यस्तो आग्रह गरेका हुन् । 

No photo description available.


‘यस नगरपालिका क्षेत्रमा मोटर साइकलमा सवार गर्ने केही मोटर साइकल सवारी चालकहरुले मोटर साइकलको साइलेन्सर लगायत मोडिफाई गरी चलाएको कारणले वातावरणीय एवम् ध्वनी प्रदूषण भएको पाइएकोले मोटर साइकलको रुप  मोडिफाई नगर्न हुन र गरिएको भए पनि सुधार गर्नु हुन सूचित गराइन्छ’ नगर प्रमुख रिसालले जारी गरेको सूचनामा भनिएको छ,  ‘यस नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका मोटर साइकल वर्कशपहरुले मोटर साइकलको साइलेन्सर लगायत अन्य मोडिफाई गर्ने, सडकमा पानी आउने गरी सवारी साधान धुने र सडकमा मोविल पोखेर मर्मत गर्ने कार्य नगर्नु हुन जानकारी गराइन्छ । यदि यस्तो कार्य गरेको पाइएमा कारवाहीको भागिदान हुने व्यहोरा समेत सूचित गराइन्छ ।’ 

Gokarneshowar1698582536.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार