संसदलाई जीवन्त बनाउन सांसदहरुको सामूहिक पहल आवश्यक : पूर्व सभामुख अग्नी सापकोटा (भिडियो)

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । पूर्वसभामुख अग्नी सापकोटाले संसदको गरिमालाई जोगाउन ढिला नगरी संसदहरूले सामूहिक पहल सुरु गर्नुपर्ने बताएका छन् । 
सापकोटाले संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरूले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरूकै सामूहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन् ।
‘म संसद्का दुवै सदनका सदस्यहरूलाई विशेष रुपमा अपिल गर्छुकि उहाँहरूले सामूहिक रुपमै संसद्को गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस् । अब ढिलो नगरिकन संसद्लाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामूहिक छलफल आजैदेखि थाल्नुपर्छ’, नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्व सभामुख सापकोटाले भने । 
अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्वसभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरूले गर्ने राम्रा काम र सामूहिक रुपमा लिने पहलकदमीको थालनीसँगै अन्त्य हुने बताए । 
सापकोटाले भने, ‘जब सांसदहरूले सामूहिक पहल कदमी लिन थाल्छन् त्यससँगै नागरिकमा आशाका झिल्काहरू देखिन थाल्छन् ।’  आफ्नो सभामुखकालमा उनले निर्वाह गरेको भूमिका सभामुख भन्दा पार्टीको निणर्यजस्तो देखिएको र निष्पक्ष नभएको भन्ने प्रश्नमा सापकोटाले आफू सभामुख रहँदा निष्पक्ष, तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको दाबी गरे । 
‘म यतिसम्म दाबी गर्छुकि मैले आफ्नो कार्यकालमा संवैधानिक नैतिकताको समेत ख्याल गरेर काम गरेको छु । भन्नत मान्छेहरूले के के भन्लान तर मैले जे गरेको छु आफ्नै निर्णय गरेको छु । म सभामुखको निष्पक्ष, तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको छु र आफ्नो सभामुखको कार्यकालप्रति गर्व गर्छु’ सापकोटाले दाबी गरे । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार