जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
कात्तिक १३ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी उक्त बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकले मधेस प्रदेश सभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको निधनपछि रिक्त रहेको उक्त स्थानमा उम्मेदवार छनोट गर्ने बारे छलफल गर्ने बस्नेतले जानकारी दिए । यादवको गत भदौमा निधन भएको थियो ।
साथै बैठकमा पार्टीको सङगठन विस्तार एवं सुदृढीकरण अभियानबारे समीक्षा गरिने बताइएको छ । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार