पूर्व शिक्षामन्त्री एवम् सांसद देबेन्द्र पौडेललाई डेंगु संक्रमण 

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । पूर्व शिक्षामन्त्री एवम् सांसद देबेन्द्र पौडेललाई डेंगु संक्रमण देखा परेको छ । उनले आइतबार आफू डेंगु संक्रमणबाट पीडित भई अस्पतालमा भर्ना भएको तस्बिर सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा आफू डेंगी संक्रमणबाट पीडित भएको तस्बिर सार्वजनिक गर्र्दै लेखेका छन्, 'सम्पूर्णमा नमस्कार ! 

धेरै साथीहरूले फोन गर्नुभएको छ तर डेंगु संक्रमण भएर उपचारमा रहेकाले फोन रसिभि गर्न सकरिहेको छैन । म्यासेज गर्नुहोला धन्यवाद !'

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार