८ भाइले युद्ध जितेरै आएपछि गलामात्र लगाएनौँ गाला जोड्यौँ : उद्धव थापा

बुधबार, कात्तिक १, २०८०

विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरूसँग गला मिलाएको बताएका छन् ।
प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।

‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरू, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो । अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत ग¥यौं । युद्ध नै जितेर आइसकेपछि हामीले सबै कुरा बिर्सियौं’, उनले भने । 
उनले आफूहरूले गाला जोड्न एमालेबाट सिकेको बताए । भित्र जस्तोसुकै झगडा, कुण्ठा भए पनि परेको बेलामा गाला जोडेको बताए । अब ८ भाइसँग जोडेको गाला कहिले नछुट्ने उनको भनाइ छ । 
कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बुधबार विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार