प्रधानमन्त्रीले नर्भिकमा गराए स्वास्थ्य जाँच, रिपोर्ट नर्मल

बुधबार, कात्तिक १, २०८०

काठमाडौं । मंगलबार दिउसो छातीमा असहज महसुस भएपछि उपचार र आवश्यक स्वास्थ्य जाँचका लागि नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री दाहालको स्वास्थ्य सामान्य रहेको छ । नर्भिकमा भएको आवश्यक जाँच र परीक्षणमा रिपोर्ट नर्मल आएको डा‍‍ शिवजी सिलवालले जानकारी दिए । ‘मुटुको नसामा ब्लकेज छ कि भन्ने आशंका थियो। रिपोर्ट नर्मल आएको छ। नो ब्लकेज’, उनले भने । प्रधानमन्त्री दाहालको अवस्था सामान्य छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार