आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन    

मंगलबार, असोज ३०, २०८०

बेइजिङ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको कार्यभारलाई पूरा गर्न आर्थिक कूटनीतिलाई परिचालन गर्नुपर्ने बताएका छन् ।
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उनले बेइजिङस्थित नेपाली दूतावासको अवलोकनका क्रममा मुलुकको नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको भन्दै यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने बताए । 
उनले भने, “नेपाल आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेको छ । यसलाई सही ढङ्गले पूरा गर्न सकिएन भने राजनीतिक उपलब्धि खतरामा पर्ने अवस्था आइपर्न सक्छ, यसकारण हरहालतमा समृद्धिको कार्यभारलाई पूरा गर्नुपर्छ, यसका निम्ति दूतावासले आर्थिक कूटनीतिलाई पनि परिचालन गर्नुपर्छ ।”

Photo (3)1697556089.jpeg
उनले वर्तमान सरकारले समृद्धि, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता राखेको भन्दै दूतावासले चीन र नेपालबीच रहिआएका सम्बन्धलाई अझ सुदृढ गर्न र समृद्धि र आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन योगदान पु¥याउनुपर्ने बताए ।  
सरकार सुशासनको स्थापना, अर्थतन्त्रमा देखिएका समस्या समाधान तथा आर्थिक विकासको प्रक्रियालाई तीव्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।  यस्तै, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको भन्दै दुई देशका उच्च नेतृत्वबाट भएको भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको बताए । 
उनले भने, “नेपाल र चीनबीचको जनस्तरका साथै द्विपक्षीय सम्बन्ध बजबुद भएको छ, दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनले गति लिने विश्वास छ ।”

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार