कोशी सरकार  : ५ वटा मन्त्रालयमा एमालेको दाबी

मंगलबार, असोज ३०, २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको शेखर कोइराला समूहका ‘विद्रोही’ केदार कार्कीलाई समर्थन गरेको नेकपा एमालेले सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । 

९ सदस्यीय मन्त्रिपरिषदमा एमालेले ५ वटा मन्त्रालय माग गरेको हो । मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै एकजना कांग्रेसबाट र अर्का एकजना एमालेबाट मन्त्री नियुक्त गरिसकेका छन् ।

तीन सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री कार्कीबाहेक कांग्रेसका शमशेर राई र एमालेका राम राना मन्त्री बनाइएका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा आफूहरुको पाँचवटा मन्त्रालयमा दाबी रहेको बताए । 

मन्त्रालय बाँडफाँटका विषयमा एमालेले आज छलफल गर्ने प्रयास गरेको भए पनि मुख्यमन्त्रीको व्यस्तताका कारण छलफल हुन सकेन ।

बुधबार छलफल गरी मन्त्रालय बाँडफाँटबारे कुराकानी हुने भण्डारीले बताए ।

भोलि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम छ ।
 
कार्की आफ्नो दलका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार