एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न जनसम्पर्क समितिहरुको आह्वान 

मंगलबार, असोज ३०, २०८०

काठमाडौं । नेपाली कांग्रेसनिकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट सुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उनको टिमलाई सहयोग गर्न आह्वान गरेको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आह्वान गरेको हो ।
‘एनआरएनएमा नयाँ अनुहारको खोजी भइरहेकाले स्वच्छ छवि भएका इमान्दार र सक्षम उम्मेदवार महेशकुमार श्रेष्ठ नै हुनुहुन्छ भन्ने हाम्रो ठहर हो । विश्वभरका छरिएर रहेका लोकतान्त्रिक विचार र आस्था बोकेका डेलिकेट्सहरुको भावना साथै इच्छा संस्थालाई एकताबद्ध गराउन सक्ने समन्वयकारी व्यक्तिको खोजीमा हुनुहुन्छ, त्यसका लागि महेशजी उपयुक्त हुनुहुन्छ ।’ 
भेलामा करिब दुई सय शुभेच्छुकहरुको सहभागिता थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चारजनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।
दुई दिन सञ्चालन हुने तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा ४ हजार २२७ मतदाता छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार