एकल महिलाको आवश्यकता पहिचान गर्दै महालक्ष्मी नगरपालिका

सोमबार, असोज २९, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आफ्नो पालिका भित्र बसोबास गर्ने एकल महिलाको आवश्यकता पहिचानका लागि एक दिवसीय भेला तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।
नगरपालिकाले सोमबार नगर सभा हलमा एकल महिला अधिकार विषयक अन्तरक्रिया तथा सम्भाव्यता अध्ययन कार्यक्रम आयोजना गरी एकल महिलाको अवस्था, उनीहरुको क्षमता तथा आवश्यकताको पहिचान गर्न सुरु गरेको हो ।

393501721_1041151443581192_2120192719954929005_n1697470182.jpg
नगरपालिकाको आयोजनामा भएको छलफलमा नगरपालिकाका १० वटै वडाबाट ४१ जना एकल महिला सहभागी भएका थिए ।
एकल महिलाको अधिकार, आवश्यकता तथा सम्भाव्यताका विषयमा श्रोतव्यक्ति रमिता मजर्हनले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा एकल महिलाहरुले आफूहरुको जीवनका भोगाई तथा गरिरहेको कामका बारमा नगरका अधिकारीहरुलाई जानकारी गराएका थिए ।
नगरपालिकाले ५० वर्ष मुनिका एकल महिलालाई केन्द्रित गरी गरेको छलफलमा सहभागीले सीपमूलक तालिम, नगरपालिकाले गर्न सक्ने आर्थिक तथा भौतिक सहयोग, उत्पादित सामग्रीको बजारीकरणका विषयमा जिज्ञासा राखेका थिए ।

393403362_709407444575304_6854574185221467827_n1697470134.jpg
छलफलका सहभागीले नगरपालिका सबै वडाबाट प्रतिनिधित्व हुने गरी कल्पना पौडेलको अध्यक्षतामा ९ जना सदस्यसहित नगरस्तरीय एकल महिला समिति गठन गरेका छन् ।
छलफलका सभापति नगर प्रमुख हरिगोविन्द श्रेष्ठले एकल भनेर बस्दा यसले पिरोल्ने तथा प्रगतिमा बाधा पुग्ने बताउँदै त्यो सोचबाट माथि उठ्नु पर्नेमा जोड दिनुभयो ।
आफ्नी आमा ४४ वर्ष एकल महिला भएर जीवन जिएको स्मरण गर्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, 'हामी ठूलो भएपछि आमालाई एकल महिला हुँ भन्ने आभास हुन दिएनौैं । घर परिवारले गर्ने व्यवहारले एकल महिलाको जीवनमा धेरै ठूलो प्रभाव पार्दछ । नगरपालिकाले एकल महिलासहित सबै वर्गलाई समेट्ने गरी नीति तथा बजेट विनियोजन गरेको छ ।'

393310080_581438987393260_2342817979664559973_n1697470149.jpg
नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ उहाँले भन्नुभयो, 'प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि धेरैलाई समेट्छ त्यसैले रकम अभावमा कुनै वर्गपछि पर्नुपर्ने अवस्था छैन ।'
उहाँले स्वास्थ्य बिमा लागू गर्ने उपत्यकामै आफ्नो नगरपालिका पहिलो भएको दाबी गर्दै भन्नुभयो नगरवासीको स्वास्थ्यलाई ख्याल गरेर नै यो कार्यक्रम हामीले लागू गरेका हौं ।
शिक्षा क्षेत्रलाई आफ्नो नगरपालिकाले उच्च प्राथमिकना दिएको जानकारी दिँदै उहाँले भन्नुभयो, 'यहाँका ५८ वटा विद्यालयमामा एकल महिलाका सन्ततिसहित समस्यामा परेका नगरवासीका बालबालिकाको पठन पाठनमा सघाउने हाम्रो नीति छ ।'
यस्तै कृषिमा पनि नगरपालिकाले महत्वपूणर् कार्य गरेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, हामीले फिप्टी फिप्टीको अवधारणमा काम गरिरहेका छौैं ।

393693340_838710677964960_7803713000257681635_n1697470095.jpg
नगरपालिका भित्र उत्पादित सामग्रीको बजारीकरणका लागि आफूहरुले अघिल्लो वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि कार्यक्रम गर्न नसकेको जनाउँदै उहाँले भन्नुभयो, 'यसपटक मुल सडक नजिकै २ ३ रोपनी जग्गा भाडामै लिएर भएपनि बजार मेला आयोजना गर्ने योजना बनाएका छौं ।'
कार्यक्रमकी विशेष अतिथि नगर उपप्रमुख लक्ष्मी महर्जनले एकल महिलको वास्तविकता पहिचानका लागि आफूहरु क्रियाशील भएको जनाउँदै आजको कार्यक्रम पनि एकल महिलाको अवस्था, आवश्यकता तथा गर्न सक्ने सम्भावित कामको पहिचानका लागि आयोजना गरिएको बताउनुभयो ।

393268873_1752080948555821_8581199372791497717_n1697470134.jpg
५० वर्ष मुनिका एकल महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने विषयमा ठोस सुझाव संकलनका  लागि यो कार्यक्रम गरिएको हो नगर उप्रमुख महर्जनले भन्नुभयो, 'तपाईहरु घरमै नबस्नु होला, नगरपालिका तपाईहरुलाई साथ दिन तयार छ ।'
एकल भएर निराशा नहोस् आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने नै हाम्रो ध्येय हो उहाँले भन्नुभयो, 'नगरपालिकाले मागका आधारमा तालिमसहितका विषयमा सहजीकरण गर्ने छ ।'

नगर उपप्रमुख महर्जनले समूहगत छलफलपछि आएको मागका आधारमा बेसिक देखि एडभान्स लेबलसम्मको तामिम दिन नगरपालिकाले सहजिकरण गर्ने बताउँदै प्रशिक्षण-तालिमका लागि समूह बनाएर आउन आह्वान गर्नुभयो । 
एकल महिलाहरुलाई प्रविधि हस्तान्तरणका लागि पनि नगरपालिका तयार छ त्यसका लागि समूह बनाएर तपाईहरु आउनुहोस् नगरउपप्रमुख महर्जनले भन्नुभयो । 
उहाँले एकल महिलाका सन्ततिहरुको पठनपाठनका लागि नगरपालिका भित्रका विद्यालयहरुमा छात्रवृत्ति दिलाउन आफूहरु क्रियाशील भएको बताउनु भयो । 
नगर उपप्रमुख महर्जनले गत वर्ष बजेट बनाउनु् अघि आफ्नै नेतृत्वमा एकल महिलाहरुसँग छलफल गरी बजेट विनियोजन गरेको स्मरण गराउँदै यस्ता छलफल निरन्तर गरिने बताउनु भयो । 

387495473_857999655920578_7117809574417446206_n1697470114.jpg
नगरपालिकाले कृषि अनुदानमा पनि दिने गरेको जानकारी दिँदै नगर उपप्रमुख महर्जनले भन्नुभयो, अनुदान रकम प्राप्तिका प्रक्रियाका बारेमा नगरपालिकाका कृषि शाखासहितका शाखामा सम्पर्क गर्न सुझाव दिनुभयो । 
महिला सबै भन्दा पहिला भन्ने नगर प्रमुखको स्लोगान नै भएकाले महालक्ष्मी नगरपालिकाले महिलाको लागि पर्याप्त कार्यक्रम ल्याउने आश्वस्त पार्नुभयो । 
कार्यक्रमकी सहभागी कल्पना पौडेलले एकल महिलालाई सीपका अतिरिक्तउनीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरण आवश्यक पर्नेमा जोड दिनुभयो ।

387495473_857999655920578_7117809574417446206_n1697470114.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार