लाखौँ प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जि जस्तो भयो : प्रधानमन्त्री प्रचण्ड 

सोमबार, असोज २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै प्रभावकारी हुन नसकेको बताएका छन् । 
जन प्रगतिशील मञ्चआवद्ध गैर आवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिसँगको छलफलमा उनले विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी भएको बताएका हुन् । 
उनले भने, ‘अहिले धेरै नेपाली विदेशमा छन् । उनीहरूको मतदानको अधिकार दिएपछि मात्रै फेयर इलेक्सन हुने भयो नेपालमा । विदेशमा भएका लाखौं नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने जस्तो भयो । उहाँबाट फोन गरेको भरमा मत राख्नुपर्ने र त्यहाँ चाहिँ सोसल मिडियाजस्तो विभिन्न माध्यमबाट प्रभावित हुने खतरा जो देखा प¥यो ।’
प्रधानमन्त्री प्रचण्डले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने भएको टिप्पणी गरे । वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदानको गराएर ल्याउनुपर्छ भनेर निर्देशन दिएको बताए । 
उनले भने,‘देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य मान्यता, भन्दा पनि भनसुनको आधारमा चल्ने हुने भयो । त्यसलाई वस्तुगत र वैज्ञानिक ढंगले मतदानको अधिकार पनि दिनुपर्छ भन्ने नीति अन्तर्गत प्रवासीहरूलाई पनि मतदान गराएर ल्याउनुपर्छ भनेर निर्देशन नै दिएको छु ।’
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार