तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन भोलिबाट 

सोमबार, असोज २९, २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघको दुइ दिने तेस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन भोलि मंगलबारबाट सुरु हुने भएको छ ।  काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै एनआरएनएले गैर आवासीय नेपालीहरुको लागि ज्ञान, आविस्कार, विज्ञता तथा अनुभव आदान प्रदानको साझा थलो निर्माण गर्ने उदेश्यका साथ दुई दिने तेस्रो गैर आवासीय नेपाली विश्व ज्ञान सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । 
एनआरएनका प्रवक्ता सोम सापकोटाले यो बर्षको सम्मेलनको मुल बिषय राष्ट्रिय योजना आयोगको १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्यहरुमा आधारित रहेर तय गरिएको बताए । 
सम्मेलन विज्ञान, प्रविधी र आविस्कारलाई नेपालीको हितमा प्रयोग गर्ने विषयमा आवश्यक छलफल र रणनीति तर्जुमा गर्न जीवन्त हुने उनको भनाई छ । 
उनले भने, ‘यो वर्षको सम्मेलन मुल बिषय नेपालको राष्ट्रिय योजना आयोगको १५औं आवधिक योजना तथा दिगो विकासका लक्ष्यहरुमा आधारित रहेर तय गरिएको हो । सम्मेलन विज्ञान, प्रविधी र आविस्कारलाई उच्च मुल्य दिँदै नेपाली जनताको हीतमा प्रयोग गरिने छ भन्ने सुनिश्चित गर्न आवश्यक छलफल गर्न र रणनीतिहरु तर्जुमा गर्न जीवन्त फोरम हुने आशा गरिएको छ ।’ 
चारवटा मुख्य सत्रहरु रहने सम्मेलनमा १२ वटा वैज्ञानिक सत्रहरु रहने आयोजकले जनाएको छ। दीगो शहरी विकास, दीगो कृषि र खाद्य सुरक्षा, दीगो वातावरण, विपद् तथा जोखिम व्यवस्थापन, उर्जा, वायो टेक्नोलोजी र व्यवसायीक अवसहरु, विज्ञान तथा प्रविधीमा लगानी लगायतका विषयहरुमा छलफल केन्द्रित रहने बताइएको छ । गैरआवासीय नेपाली संघले ज्ञान सम्मेलन हरेक दुईदुई वर्षमा गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार