युनिभर्सल मेडिकल कलेजमा वार्ता नभएपछि सम्पूर्ण सेवा सूविधा बन्द गर्ने विद्यार्थीहरूको घोषणा

सोमबार, असोज २९, २०८०

काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका आन्दोलनरत विद्यार्थीहरूले सम्पूर्ण सेवा सूविधा बन्द गर्ने निर्णय गरेका छन् ।  आन्दोलनरत विद्याथीहरुले आइतबार विज्ञप्ती जारी गर्दै आफूहरूलाई वार्ताका लागि बोलाई प्रहरी बल प्रयोग गरी दमन गरेको भन्दै सम्पूर्ण सेवा सूविधा बन्द गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । 
विज्ञप्तीमा लेखिएको छ,‘पटक–पटक वार्तामा वस्नको लागि हामीबाट भएको प्रयास स्वरूप आज मिति २८ गतेका दिन प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा कलेज प्रशाशन र विद्यार्थीहरूबीच छलफल भइरहेको अवस्थामा निष्कर्षमा पुग्नु अघि नै छलकपट नाटकीय रूपमा प्रिन्सिपललाई भगाइएको र सो क्रममा प्रहरी बल प्रयोग गरी विद्यार्थीहरूको छात्तिमा बन्दुक तेर्साएर, लाठी चार्ज गरी भुइँमा लडाएर घाइते बनाइएको कुराको भत्र्सना गर्न चाहन्छौं ।’

Photo11697416526.jpg
थप लेखिएको छ,‘सो दमन र ज्याजतीकाविरुद्ध न्याय प्राप्तिका लागि आफ्ना कदम अघि बढाउने कुरामा हामी प्रतिबद्ध छौं । साथै आन्दोलनको कार्यक्रम थप सशक्त बनाउन जुनसुकै कदम चाल्न पनि पछि नहट्ने व्यहोरा जानकारी गराउन चाहन्छौं । सो क्रममा आउन सक्ने भवितव्यको जिम्मेवार कलेज प्रशासन स्वयं हुने कुरा यसै विज्ञप्तीमार्फत जानकारी गराउँछौ ।’

Photos41697416508.jpg
विद्यार्थीहरूले पढ्न पाउनुपर्ने मौलिक अधिकार सुरक्षित गर्नका लागि गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि प्रशाशन कार्यलयले दमन गरी ठाडो हस्तक्षेप गर्नु निन्दनीय बिषय रहेको बताए ।
आन्दोलनरत विद्यार्थीहरूले एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी पाठकको राजीनामा माग गर्दै आएका छन् । 
आइतबार आफूहरूमाथि धरपकड भएको भन्दै विद्यार्थीहरूले अस्पतालको ओपिडीसमेत बन्द गराएका छन् । 

Photos31697416508.jpg

Photo21697416519.jpg

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार