श्री रुद्रायणी देवीको १२ वर्ष मेला २०८० आयोजना हुँदै

आइतबार, असोज २८, २०८०

काठमाडौं । श्री रुद्रायणी देवीको १२ वर्ष मेला २०८० आयोजना हुने भएको छ ।
आइतबार रुद्रायणी गुठीले ललितपुरमा पत्रकार सम्मेलन गर्दै श्री रुद्रायणी देवीको १२ वर्ष मेला २०८० आयोजना गर्ने जानकारी दिएको हो ।

photo (10)(2)1697386756.jpg
खोकनाको ऐतिहासिक महत्वपूर्ण जात्रा हरेक वर्ष भव्य र सभ्यरुपमा मनाइँदै आइएको छ ।
यो वर्ष अझ विषेश छ, किनकि यो वर्ष १२ वर्षे जात्रा हो । यो जात्रा खोकनावासीहरुको स्थानीय गाईजात्राको दिनबाट शुभारम्भ हुन्छ ।
सो दिन रुद्रायणी मन्दिरमा विराजमान रुद्रायणी देवीलाई रुद्रायणी देवगणहरुबाट १ महिनाका लागि विधिवत रुपमा पूजा अर्चना गरी यो ‘कुनेगु’ कार्य गरिन्छ ।

Rabindra Maharjan1697386784.jpg
त्यस क्रममा खोकना गढ़ पर्खालभित्र नुहाउने, लुगा धुने, छालाका सामानहरु लगाउने, कुखुराको मासु, अण्डा, पूजामा रातो टीका, घण्टी बजाउने, मनोरञ्जनात्मक कार्यहरु गर्ने, भोज भतेर आदिमा कार्यहरुमा पूर्ण रुपमा प्रतिबन्ध गरिन्छ ।
खोकना भित्र अवस्थित श्री खण्ड भवानीमा यी कुनै कार्य गरिँदैन किनकि यो समयमा रुद्रायणी मन्दिर भित्र रहेका सबै देविदवताहरु गुफामा रहेका हुन्छन् भन्ने मान्यता छ । तर संरक्षण तथा सुरक्षाका सबै कार्यहरु भने गर्नु पर्ने हुन्छ ।

photo (8)1697386796.jpg
यस समयमा माथि प्रतिवन्धित कार्य भए पनि श्री खण्ड भवानी मन्दिरमा अवस्थित श्री खण्ड भवानीमा प्रत्येक दिन बिहान नृत्य पूजा गर्नु पर्छ । साथै सो पूजामा अनिवार्य रुपमा रक्त चन्दनको रातो टीका र श्रीखण्डको सेतो टीका राखेर नृत्य पूजा गर्नु पर्छ ।
१२ बर्षे मेला जात्रा मनाउने क्रममा मुख्य रुपमा रहेको जात्रा असोज शुक्ल तृतीयालाई लिइन्छ । अरु जात्राहरु योभन्दा अघिल्लो वर्ष जसरी चलाइँदै आएको छ यो वर्ष पनि त्यसरी नै चलाइन्छ ।

Bekhanar 1697386775.jpg
यस दिन अर्थात् ढोका बाहिर चोखो राँगा काट्ने दिन देःसा (दया) मनाइन्छ । उक्त देःसा जात्रा शुरु गर्नुअघि असोज महिनाको द्वितीयाका दिन श्री रुद्रायणी देवगणहरुबाट आफ्नो शक्ति सञ्चयस्वरुप विभिन्न स्थानहरुमा ‘द्यो का वनेगु’ कार्य गरिन्छ ।

photo (3)(1)1697386850.jpg

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार