ज्येष्ठ नागरिकलाई ललितपुर महानगरपालिका २४ नं.वडाको सम्मान भत्ता

आइतबार, असोज २८, २०८०

ललितपुर । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले आफ्नो वडा भित्र स्थायी बसोबास गर्ने ज्येष्ठ सदस्यलाई ज्येष्ठ नागरिक सम्मान भत्ता रकम वितरण गरेको छ । 
२४ नं. वडा कार्यालयले शनिबार तीनकुने पोखरीस्थित नवनिर्मित वडा कार्यालय भवनमा एक कार्यक्रमको आयोजना गरी २०८० साल असार मसान्तसम्म ७६ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई सम्मान भत्ता रकम वितरण गरेको हाे । ललितपुर महानगरपालिकाले आफ्ना २९ वटै वडा भित्रका ७६ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वर्षको एक पटक १० हजार रुपैयाँका दरले ज्येष्ठ नागरिक सम्मान भत्ता रकम वितरण गर्दै आएको छ । 

385423513_710324607621275_8029357518365983466_n1697368757.jpg२०७४ सालमा निर्वाचित जनप्रतिनिधिले ज्येष्ठ नागरिकलाई ५ हजार भत्ता रकम उपलव्ध गराउने निर्णय गरेकोमा त्यसलाई २०७९ सालमा निर्वाचित जनप्रतिनिधिले थप ५ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय कार्यपालिका बैठकबाट गरेपछि आर्थिक वर्ष २०७९–८० वर्ष ज्येष्ठ नागरिकलाई रु १० हजारका दरले भत्ता रकम वितरण गरिँदै आएको छ । कार्यपालिका बैठकबाट १० हजार रुपैयाँ नगद उपलव्ध गराउने निर्णय गरेअनुरुप यो भत्ता रकम महानगरका सबै वडावाट वितरण भइरहेको छ । 

Harka 1697372607.jpg
ज्येष्ठ नागरिकलाई सम्मान भत्ता रकम वितरण गर्दै वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेले आउँदै गरेको नेपालीकाे महान चाडपर्वलाई लक्षित गरी ज्येष्ठ नागरिकको मुहारमा खुसी ल्याउन नगरपालिकाले भत्ता रकम वितरण गरेको स्मरण गर्नुभयो । 
कार्यक्रममा वडाका ज्येष्ठ नागरिक समितिका संयोजक उद्धव बस्नेतले वडा कार्यालय आउन नसक्ने आमा बुबाहरुलाई उहाँहरूकै घर घरमा पुगेर रकम वितरण गरिने बताउनु भयो । उहाँले भोलिदेखि सामाजिक सुरक्षा भत्ता रकम पनि वितरण हुने जानकारी दिँदै तीनकुने पोखरीस्थित कुमारी बैंकमा सम्पर्क गर्न आह्वान गर्नुभयो । 

Indra 1697372665.jpg
कार्यक्रममा वडा सदस्यहरू इन्द्रा श्रीश, निशा मालबुल, हरिकृष्ण महर्जन तथा वडासचिव हर्कबहादुर अधिकारीले ज्येष्ठ नागरिकहरूलाई सम्मान भत्ता रकम वितरण गर्नु भएको थियो । 

Nisha 1697372718.jpg

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार