युथ स्टार्टअपलाई व्यवसायिक बनाउन कार्यक्रम ल्याउँदै ललितपुर महानगर 

आइतबार, असोज २८, २०८०

ललितपुर । ललितपुर महानगरले महानगरभित्रका युथ स्टार्टअपलाई व्यवसायिक रुपमा दक्ष बनाउन कार्यक्रम ल्याउने भएको छ । महानगरले ग्लोबल स्टार्टअप  नेटवर्क साउथ कोरिया, इन्टरनेशनल लिडरसिप ट्रेनिङ सेन्टर नेपाल, स्टार्टअप सपोर्ट फाउन्डेसन अफ जियोङसाङग नेशनल युनिभर्सटीसँग सहकार्य गरी उक्त कार्यक्रम ल्याउन लागेको हो । 
महानगर प्रमुख चिरीबाबु महर्जनले यो कार्यक्रमका लागि समझदारी पत्रका हस्ताक्षर भएको जानकारी दिए । कोरिया भ्रमणका बेला समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । उनले भने, ‘यो कार्यक्रमले युवालाई आत्मनिर्भर बन्न सहयोग गर्छ । ’ यो कार्यक्रमले महानगरभित्रका केही गरौं भन्ने युवालाई व्यवहारिक र व्यवसायिक सीप प्रदान गर्छ । 

natak1697352747.jpg
नगर प्रमुख महर्जनले यो कार्यक्रमको प्रारम्भिक र महत्वपूर्ण चरण महानगरले पार गरी सकेको बताए । उनले भने, ‘काम गर्न लिखित सहमति नै भैसकेको छ, अबको चरण क्रमबद्ध रुपमा छिटो हुन्छ ।’ यी संस्थाले युथ स्टार्टअपलाई उनीहरुको रुचिको क्षेत्र अनुरुप शैक्षिक, प्राविधिक क्षेत्रमा तालिम दिनेछन् । युथ स्टार्टअपको क्षमता विकासका ,असल अभ्यासहरुको आदानप्रदान समेत गरिनेछ ।  
महानगर प्रमुखका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टले यो कार्यक्रम निकै प्रभावकारी हुने बताए । उनले भने, ‘यो कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरको सीप नेपालीे युवाहरुले सिक्ने अवसर पाउँछन्, यो नेपाल र ललितपुरवासीको लागि महत्वपूर्ण विषय हो ।’ विष्टका अनुसार यो कार्यक्रममा संलग्न हुने युवाहरुलाई व्यवसाय संचालनका लागि बिउँ पुँजी व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा पनि छलफल भइरहेको छ । नगर प्रमुख महर्जन कोरियाको चेरवान र छ्ङयाङ सहरको भ्रमण गरी केही दिन अघि नेपाल फर्किएका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार