प्रचण्ड,शेखर र देउवाको प्रतिबद्धता, 'कुनै हालतमा गठबन्धन कमजोर हुँन दिँदैनौ ' 

शनिबार, असोज २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापन इतर नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।
कोशीको बद्लिएको परिस्थितिका सम्बन्धमा छलफलका लागि शनिबार बिहान बालुवाटारमा बसेको बैठकमा तीनै जनाले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका छन् । 
उक्त बैठकले कांग्रेस सभापति देउवा, कोइराला र प्रचण्डले  वर्तमान गठबन्धनलाई यथावत राख्ने र कमजोर नपार्ने कबुलीयतनामा हस्ताक्षर गरेका छन् । 
उनीहरुले हस्ताक्षर गरेको उक्त पत्रमा लेखिएको छ, ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिँदैनौ ।’

Notice1697269647.jpg

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार