प्रदेश प्रमुखले सांसदको सनाखत गरेपछि कोशीमा आज मुख्यमन्त्री नियुक्ति

शनिबार, असोज २७, २०८०

काठमाडौँ । कोशी प्रदेशको मुख्मयन्त्री नियुक्ति आज हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले दुर्व पक्षका सांसदहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन्।
नेकपा एमालेका सांसद पाँचकर्ण राईका अनुसार प्रदेश प्रमुखले शनिबार नियुक्ति प्रक्रिया थाल्ने छन् ।

kedar-karki-indra-aangbo1697228662.jpg
प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित हुन आग्रह गरेका हुन् ।
प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेसम्मका लागि संविधानको धारा १७८ को उपधारा ५ बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए ।
सो समयसीमामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन् ।  उनीहरू दुवैले आफ्ना ४७–४७ जना सांसद पक्षमा रहेका दाबी गरेका छन् ।

pradesh-prammukh1697228662.jpg

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार