कोशीबाट सुरु भएको भूकम्पले कांग्रेस–माओवादीको गठबन्धन ढाल्छ : एमाले बागमती प्रदेश अध्यक्ष

शुक्रबार, असोज २६, २०८०

रामेछाप । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले देशको राजनीतिमा नयाँ समीकरण सुरु भएको दाबी गरेका छन् । नेकपा एमाले रामेछापले बागमती प्रदेश कमिटीका पदाधिकारी तथा रामेछापबाट निर्वाचित नेताहरूलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले त्यसको सुरुवात कोशी प्रदेशबाट भएको बताएका हुन् । 
कोशी प्रदेशमा कांग्रेसका सांसदहरूले विद्रोह गरी एमालेसँग मिलेर सरकार बनाएको बताउँदै ढुङ्गेलले अब माओवादी र कांग्रेसको गठबन्धन अन्य प्रदेशमा पनि ढल्दै जाने दाबी गरेका छन् । 
उनले राजनीतिक काम सिर्जना गर्ने भएकोले सबै नेता कार्यकर्तालाई सिर्जनात्मक काममा लाग्न आग्रह गरेका छन् । 
उनले बागमती प्रदेशमा निर्वाचित भएका नेताहरूको सिपलाई प्रयोग गरेर प्रदेश पार्र्टीलाई एक नं पार्र्टी बताएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार