पाल्पालीलाई स्वास्थ्य बिमा सेवाबाट बन्चित गरिएको ठाकुरको दुखेसो  

बिहीबार, असोज २५, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पाल्पाली जनताहरु स्वास्थ्य बिमाको सेवाबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि मन्त्रीसँग भेटेपछि एकजना गएको पनि सरुवा गरेको भन्दै सरकारलाई के तरिका हो के भईरहेको भन्दै प्रश्न गरेका छन् । 
उनले भने, ‘पाल्पाली जनताले स्वास्थ्य विमा मार्फत सेवा पाउँनु पर्ने बाले, मन्त्रीसँग पनि आग्रह गरे तर पनि कुनै चासो भएन र पाल्पाली जनता अझै पनि विमा पाउँनबाट वञ्चित छन् । जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि सदनमा बोले, मन्त्रीसँग पनि भेटेपछि एकजना डाक्टर १६ गते पुग्नु भयो तर १९ गते फेरि सरुवा भयो यो के तरिका हो के भईरहेको छ ।’ 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार