महालक्ष्मी नगरपालिकाद्धारा दोस्रो दिन पनि बजार अनुगमन, उपभोग्य मिति गुज्रेको अखाद्य बस्तु राख्ने पसलेलाई जरिवाना

बुधबार, असोज २४, २०८०

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले दोस्रो दिन पनि बजार अनुगमन गरेको छ । नरपालिकाकी उपप्रमुख तथा महालक्ष्मी नगर बजार अनुगमन समितिकी संयोजक लक्ष्मी महर्जनको अगुवाईमा बजार अनुगमन गरिएको हो ।
चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नहोस्,  मूल्य वृद्धि गरी व्यवसायीले उपभोक्ता नठगुन, अखाद्य बस्तुको विक्री वितरणबाट हुन सक्ने क्षति कम गर्न बजार अनुगमन गरिएको बजार अनुगमन अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिनुभयो ।

370058016_1039877606986962_3113095552692794915_n1696995158.jpg
नगरपालिकाको आर्थिक समिति संयोजक एवम् वडा नं १ का वडा अध्यक्ष छिरिङ लामा, वडा नं १० का वडाअध्यक्ष विजय लामा, सम्बन्धित वडाका वडा सदस्य, महिला वडा सदस्य, महालक्ष्मी उद्योग वाणिज्य संघका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी, नगरपालिका विभिन्न शाखाका कर्मचारी, सञ्चारकर्मी सहितको बजार अनुगमन टोलीले राता मकै गेटदेखि कृष्णमन्दिर परिसर, वडा नं ४, ५ र ६ मा सञ्चालिन होटेल, खाजा पसल, मासु पसल, कस्मेटिक पसल, मार्ट, हार्डवेयर, कडावी पसलहरुसमेत ३५ वटा पसलको को अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य मिति गुज्रेको सामग्री विक्रीका लागि राखिएको पाइएपछि एउटा पसलेलाई न्यूनतम जरिवाना गरिएको छ । उपभोग्य मिति गुज्रिएका सामग्री पनि नष्ट गरिएको छ ।

385505876_2503906316449050_3886232884216100648_n1696995161.jpg
चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नहोस र मूल्य वृद्धिको मारमा उपभोक्ता नपरुन भनेर अनुगमन गरिएको नगर उपप्रमुख एवम् महालक्ष्मी नगर बजार अनुगमन समिति संयोजक महर्जनले बताउनु भयो । अनुगमनका क्रममा उपप्रमुख महर्जनले व्यवसाय सञ्चालकलाई मूल्य सूची टाँस गर्न निर्देशन दिनु भएको छ ।  
नगर उपप्रमुख महर्जनले व्यवसायीलाई व्यवसाय दर्ता गर्न पनि निर्देशन दिँदै भन्नुभयो, ‘नगरपालिका करको दर बढाउने भन्दा पनि दायरा बढाउनेतर्फ केन्द्रित रहेको छ । कर तिरेर नगरपालिकाले दिने सेवा–सुविधा उपभोग गर्न गर्नुस् । नगरपालिकाले सिड मनिको व्यवस्था गरेको छ ।’

387571318_1263187904368317_8881016321702637147_n1696995172.jpg
साना व्यवसाय सञ्चालन गर्न नगरपालिकाले २ लाख रुपैयाँको बीउ पूँजी, बिनो धितो, बिना ब्याज उपलब्ध गराएको छ तपाईहरू नगरपालिकामा दर्ता हुनुभयो भने यो सेवा लिन पाउनु हुनेछ नगर उपप्रमुख महर्जनले अनुगमनका क्रममा व्यवासायीलाई सुझाव दिँदै भन्नुभयो ।

अनुगमन टोलीले मूल्य सूची, साइन बोर्ड, व्यवसाय दर्ता÷नविकरण, नापतौलको प्रमाण, नापतौल सामग्री दुरुस्त भए/नभएको, लेबल खुलाउनु पर्ने कुराहरू स्पष्ट उल्लेख भए/नभएको, म्याद नाघेको सामग्री, पान÷भ्याटमा दर्ता, बिक्री बिल दिने व्यवस्तथा भए/नभएको, मासुको गुणस्तर सन्तोषजनक भए/नभएको, मिठाईको गुणस्तर लगायतका पक्षहरु सन्तोषजनक भए/नभएको, ग्याँसको तौल, मूल्य लगायतका विषय सन्तोषजनक भए/नभएको, खरिद बिल भए/नभएको तथा म्याद नागेका सामान व्यवस्थापन भए/नभएको विषयमा सुष्म तरिकाले हेरेको थियो ।

368437316_1446616429243294_5898246043034483962_n1696995185.jpg

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार