महानगरले सुरु गर्‍यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप कार्यक्रम 

मंगलबार, असोज २३, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  मंगलबार समाजिक सञ्जाल मार्फत काठमाडौं महानगरपालिकाको प्रमुख बालेन शाहले चुनाब बेला घरदैलो गर्दा होस वा कलसेन्टरमा गुनासो काठमाडौं को मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेको बताएका हुन् ।  
उनले लेखेका छन् ‘चुनाब बेला घरदैलो गर्दा होस वा कलसेन्टरमा गुनासो काठमाडौं को मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेछ ।
पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यसकारण सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दैछौँ । ’
उनले आजैबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको जानकारी दिए । 
आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने र ९ वडा हुँदै  आफुहरु  ३२ वडा सम्म पुग्ने लक्ष रहेको उनको भनाई छ । 
वडा ४ मा ‘ पशुपंक्षीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर ( क्याट सेन्टर )‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘ एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘ स्नेहाज केयर ’ले काम गर्नेछन् । वडा ३१ मा ‘भेट फर योर पेट’ र वडा ३२ मा ‘मण्डला भेट हस्पिटल ’ले काम गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार