नगरवासीको हितका लागि महालक्ष्मी नगरपालिकाको बजार अनुगमन

मूल्य बृद्धि नियन्त्रण तथा अखाद्य बस्तु सेवनबाट नगरवासीलाई जोगाउनु प्रमुख उद्देश्य रहेको उपप्रमुख लक्ष्मी महर्जनको भनाइ
मंगलबार, असोज २३, २०८०

ललितपुर । चाडवाडको मुखमा आफ्ना नगरवासी व्यवसायीबाट नठगिउन भन्ने उद्देश्यले महालक्ष्मी नगरपालिकाकी उप प्रमुख लक्ष्मी महर्जन बजार अनुगमनको नेतृत्व गर्नु भएको छ । नगरपालिकाले हिजो सोमबारदेखि बजान अनुगमन थालेको छ । चाडबाडमा दैनिक उपभोग्य सामानको कृतिमा अभाव देखाइ मूल्य वृद्धि गरी नगरवासीलाई मर्का नपरोस भनेर बजान अनुगमन गरिएको उहाँले बताउनु भयो । उपभोक्ता नठगिउन भन्नका लागि नगरपालिकाले अनुगमनलाई सुरु गरेको उहाँको भनाइ छ । उपभोक्ता ठगिएको पाइए तुरुन्तै कारबाही हुने व्यवसायीलाई उहाँले सचेत गराउनु भएको छ । महालक्ष्मी नगर बजार अनुगमन समितिले सोमबार महालक्ष्मी नगरपालिकाका वडा नं १ र २ का ३३ वटा पसलको अनुगमन गरेको थियो । 
नगरपालिकाकी उपप्रमुख एवम् बजार अनुगमन समिति संयोजक लक्ष्मी महर्जनको नेतृत्वमा वडाअध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्च महालक्ष्मी नगरका प्रतिनिधि, महालक्ष्मी उद्योग वाणिज्य महासंघका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बजार अनुगमन गरेको हो । पसल दर्ता प्रमाण–पत्र लगायतका आवश्यक कागजातहरूको अनुगमन गरेको थियो। 

anugaman1696906914.jpg
अनुगमन समितिले वस्तुको मूल्यसूची, वस्तुको परिमाण, मूल्य, गुणस्तर र तौल ठिक भए–नभएको, प्याकेजिङ्ग गरिएको वस्तुको लेबलमा उत्पादक वा पैठारी कर्ताको नाम, उत्पादन मिति, उपभोग्य अवधि वा मिति, अधिकतम खुद्रा मूल्य, मिश्रण, भण्डारण र उपभोग गर्ने तरिका उल्लेख भए–नभएको हेरेको थियो । 
प्रशोधित पानी, विस्कुट, पाउरोटीलगायतका खाद्य तथा उपभोग्य वस्तुहरूको उत्पादन मिति, उपभोग्य मिति सकिएका सामग्रको उचिव भण्डारण, फलफूल, तरकारी, मिठाई पसल, होटल सफासुग्घर र मापदण्ड अनुसार भए–नभएको अनुगमन गरेको थियो । विक्रेता वा क्रेतालाई वस्तुको विलविजक जारी गर्न पनि अनुगमन समितिले व्यवसायीलाई निर्देशन दिएको छ । 

anugaman1696906914.jpg
चाडवाडको मुखमा उपभोक्तालाई अखाद्य सामग्री प्रयोगबाट बचाउन बजार अनुगमन गरिएको नगरउप्रमुख लक्ष्मी महर्जनले शब्दपाटीलाई बताउनु भयो । 
ुयो अनुगमन कार्य अब निरन्तर रहने छु, उहाँले भन्नुभयो,‘अहिले दिएको निर्देशन पालना नभए व्यवसाय बन्द गर्नेसम्मको कारवाही हुने छ ।’ करको दर बढाउने भन्दा पनि दायरा बढाउनेतर्फ नगरपालिका लागेको उपप्रमुख महर्जनको भनाइ छ । 
महालक्ष्मी नगरपालिकाको आर्थिक समिति संयोजक तथा वडा नं १ का वडाअध्यक्ष छिरिङ लामाले व्यवासयीलाई नगरपालिकाले व्यवसाय दर्तामा सहजीकरण गर्ने आश्वसन दिँदै नगरउप्रमुखको निर्देशनलाई पालना गर्न आह्वान गर्नुभयो । 

lax1696906919.jpg

laxamu1696906925.jpg

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार